दाङमा करिब डेढ लाख नगदसहित ५ जुवाडे पक्राउ

दाङ । दाङमा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा करिब डेढ लाख नगदसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुलसीपुर १५ का ३७ वर्षीय खडकबहादुर वली, तुलसीपुर ५ का ३४ वर्षीय शरण श्रेष्ठ, तुलसीपुर ६ का ४१ वर्षीय मिन केतन गिरी, घोराही ७ का ४१ बिनोद खाती र घोराही १५ का ३२ वर्षीय छबि गिरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका १० गैरीगाउँस्थित झगुप्रसाद बुढाथोकीको घरमा अबैध रुपमा जुवातास खेलिरहेका छन भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय घोराही दाङ र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको संयुक्त प्रहरी टोलीले बुधवार दिउँसो करिब साढे ४ बजेतिर नगद १ लाख ४७ हजार १२५ रुपैयाँ सहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

उनीहरुको साथबाट जुवा खेल्न प्रयोग भएको १ गड्डी तास समेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असार २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस