बाँकेमा पेस्तोलसहित एक जनालाई पक्राउ

बाँके । बाँके प्रहरीले अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ घर भइ वडा नं. २१ पुरैनामा बस्ने अजिज अहमद शेषको साथबाट अटोमेटिक पेस्तोल बरामद भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ फुटाहाबाट प्रहरीले शेषलाई पेस्तोलसहित पक्राउ गरेको जनाएको छ । शेषले पेस्तोल कहाँबाट किन ल्याए भन्नेबारेमा अनुसन्धान भइरहेको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ असार २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस