बाढी वितण्डाः नेपालकै दोस्रो लामो पुलमा क्षति

दाङ । दाङमा अविरल बर्षा भएपछि आएको बाढीका कारण नेपालकै दोस्रो लामो पुलमा क्षति पुगेको छ । पुलको एप्रोचमा क्षति पुगेपछि राप्ती नदी वारपार गर्ने यातायात पनि बन्द भएको छ ।

उक्त पुलमा क्षति पुगेको जानकारी पाएपछि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले स्थलगत अनुगमन गरी मर्मतका लागि सम्बन्धित निकायमा आग्रहमा गरिएको फेसबुकमा स्टाटस लेखेका छन् ।

उनले फेसबुकमा लेखेका छन् ‘दाङको राप्ती र गढवा पालिकाको सीमा राप्ती नदीमा बनेको देशकै दोस्रो लामो सिसहनिया पुल जोड्ने हुलाकी मार्गको एप्रोच आज बुधबारको बाढीले भत्काउँदा यातायात आवागमन बन्द भएकोले शीघ्र मर्मतको काम गर्न पुल डिभिजन नेपालगञ्जलाई अनुरोध गरिएको छ ।’

प्रकाशित मिति : २०७८ असार २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस