धादिङबाट चोरी भएको कार दाङमा भेटियो

दाङ । धार्दिङबाट चोरी भएको कार दाङमा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार झन्डै दुई हप्ता अघि धार्दिङबाट चोरी भएको बा १६ च ८७३५ नम्वरको कार सहित प्रहरीले मंगलवार तुलसीपुरमा एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ न्यरोड बस्ने १७ बर्षिय नविन सार्की रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

साथै कारधनीको पहिचान नभएको हँुदा जिल्ला प्रहरी कार्यालय दाङमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०७८ असार २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस