दाङमा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ
दाङ । दाङमा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका १३ बडहरा अन्नपुर्ण टोल निवासी वर्ष २२ का कृष्ण बुढाथोकीले रा ४ प १०७४ नम्बरको मोटरसाईकलमा आई लागुऔषध ९ब्राउन सुगर० कारोबार गर्न लागेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका २ बस्ने वर्ष २३ का नुवाजन चौधारी र सोही ठाउँ निवासी कृष्ण बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट लागुऔषध ब्राउन सुगर ६ सय मिलिग्राम पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षकसमेत रहेका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् । उनका अनुसार पक्राउ परेकामाथि थप अनुसधानको काम भैरहेको छ ।
त्यसगरी प्रहरीले सोमबार बिहान करिव साढे दश बजेको समयमा राप्ती गाउँपालिका वडा नं। १ भालुवाङ रातोडाडा निवासी २७ बर्षीय ऐकेन्द्र पुन मगरलाई पनि पक्राउ गरेको छ । पुनमगरले घर कोठामा लागुऔषध लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले खोज तलास गर्दा निज सुत्ने कोठमा कालो पलास्टिकमा पोका पारि राखेको लागुऔषध ब्राउन सुगर २।३५ मिलिग्रामसहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिलाई लागुऔषध मुद्दामा म्यादथप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको समेत बताएका छन् ।