दाङको घोराही तुलसीपुर सडक खण्ड सञ्चालनमा आउने
दाङ । दाङको घोराही तुलसीपुर सडक खण्डको पत्रेखोलमा भोली (बुधबार) विहान ७ बजेदेखि सडक सुचारु हुने भएको छ ।
पत्रेखोलाको कच्वेमा खाल्डो परेकाले उक्त खाल्डोमा कंक्रिट ढलान गरिएको छ । उक्त खाल्डो पुर्नका लागि २० गतेदेखि सवारीसाधन आवागमन ठप्प पारिएको हो ।
सो खोलाको कच्वेमा परेको खाल्डो ढलान भइसकेको र भोली (बुधबार) विहान ७ बजेदेखि उक्त सडक सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।
प्रकाशित मिति : २०७८ असार २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस