खोप किन्न बजेटको अभाव हुँदैन : मन्त्री श्रेष्ठ

बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले सबै नागरिकको खोप पहिलो प्राथमिकता राखेको बताउँदै यसको लागि बजेट अभाव नभएको बताए । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य निर्देशनालयले कोभिड १९ रोकथाम र नियन्त्रण सम्बन्धमा पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले नयाँ भेरियन्टलाई नियन्त्रणभित्र राख्नको लागि सरकार र मन्त्रालय पनि लागि परेको बताए । उनले खुल्ला सिमानाकाका कारणले भेरियन्टको मुहान बन्योबनेको बताउँदै यसको लागि पहल भईरहेको बताए । पहाडी जिल्लाको संक्रमण नघटेको उलेख गर्दै भेरियन्टहरु निरन्तर भईरहेकोले यसको नियन्त्रण लकडाउनले गर्ने भएको बताउँदै लकडाउनको कारणले हुनसक्ने भोकमरिको लागि तीनै सरकारले ध्यान दिने उल्लेख गरे ।

तेस्रो भेरियन्टमा बच्चालाई जोखिम भन्ने सुनिएको बताउँदै उपचारको लागी एचडियो निर्माणको काम भईरहेको बताए । दोस्रो भेरियन्टमा अक्सिजन अभाव देखिएको बताउँदै उनले अब अक्सिजन अभाव नहोस् भन्नको लागि अक्सिजन प्लान्ट स्थापनाको काम भईरहेको बताए । निर्देशनालयका निर्देशक डा. राजेन्द्र गिरीले प्रदेशमा अहिलेको स्वास्थ्य अवस्थाको बारेमा बताउँदै प्रदेशले अहिले गरेको बताउँदै साढे ३ लाखलाई खोप दिइएको बताए । ७३ हजार बढिलाई भेरोसिल्डको दोस्रो खोप लगाईरहेको उनले जानकारी दिए ।

यस प्रदेशका जनता बाहिरी मुलुकमा रोजगारीमा गएको बताउँदै उनले बिदेशबाट फर्कनेमा तेस्रो भेरियन्ट प्रदेशमा आउने उल्लेख गर्दै तेस्रोभेरियन्टको पुर्व तयारीको लागि गर्दै गरेको बताए । उनले फ्रन्टलाईनमा काम गर्ने स्वास्थ कर्मचारीलाई जोखिम भत्ता दिएकोले मनोबल बढेको बताए । उनले आएका सुझाबका आधारमा परिमार्जन गर्दै जाने बताए ।

अन्तरक्रियामा पत्रकारहरु नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी पाण्डे, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव बिक्रम खड्का, प्रेस चौतारी नेपालका केन्द्रिय सचिव भरत केसी, यमलाल भुसाल, दिनेश पाण्डे, कपिल ज्ञवाली, भगवती पाण्डे, डिबि सुस्लिङ, बिकास पराजुलीलगायतले सुचना विशिस्टिकर, सुचनामा एकरूपता, सूचनामा शुद्धता, सुचना प्राप्तीमा सहजता, अनलाईन अपडेट नियमित गर्नुपर्ने, मिडियालाई दिने बिज्ञापनको बारेमा स्थानीयलाई प्राथमिकताकासाथ राख्नुपर्ने लगायतका सुझाब दिएका थिए । कार्यक्रम सञ्चारीका समूह लुम्बिनी प्रदेश महासचिव अमृता अनमोलले सञ्चालन गरेकी थिइन् ।

प्रकाशित मिति : २०७८ असार २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस