दाङको पत्रेखोलामा आएको बाढिका कारण अझै आवगमन समस्या

दाङ । दाङको पत्रेखोलामा आएको बाढिका कारण साना सवारी साधन आवगमनमा समस्या भएको छ । शनिवार आएको बाढिका कारण आईतवार विहानसम्म पानीको बहाब केहि घटेपनि साना सवारी साधनहरु आवगमनमा अझै समस्या भईरहेको दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।
घोराही तुलसीपुुर सडक खण्ड अन्र्तगत पर्ने पत्रेखोलामा विस्तारै पानीको बहाब घटेकाले ठुला सवारी साधनहरु आवगमनमा समस्या नभएपनि कार, मोटरसाईकल, स्कुटरले खोला पार गर्न नसकेको दाङका प्रहरी नायब उपरीक्षक रिजालले बताए । पत्रेखोलामा निर्माधिन पुल समयमै नबन्दा बर्षातको समयमा नागरिकहरुले सास्ती व्यहोर्ने गरेका छन् ।
प्रकाशित मिति : २०७८ असार १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस