बाँकेमा एक हप्ता थपियो निषेधाज्ञा

बाँके । कोरोना भाइरस महामारीका कारण गएको बैशाख १३ गतेदेखि बाँकेमा जारी निषेधाज्ञा थप एक हप्ता लम्बिएको छ । भाइरस संक्रमणको जोखिम कायमै रहेकाले स्थानीय प्रशासनले थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

स्थानीय प्रशासनले आज (सोमबार) सूचना जारी गर्दै सरकारी कार्यालयहरु भने भोलिदेखि खोल्ने निर्णय जानकारी गराएको छ । कार्यालयमा भिडभाड नहुनेगरी सेवा प्रवाह व्यवस्थित गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै सबै सार्वजनिक निकाय, बैंक तथा वित्तिय संस्थाहरु खोल्न प्रशासनले भनेको छ ।

यस्तै दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यक सामाग्री खरिद बिक्रीका लागि विहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्म पसल व्यवसाय खुल्ने भएका छन् । विहान ९ बजेदेखि दिउँसो २ बजेसम्म पसलहरु खुल्दै आएका छन् । तर विद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम केन्द्र भने खुल्ने छैनन् ।

प्रकाशित मिति : २०७८ असार ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस