व्यवसाय र संचार क्षेत्रकाविच सहकार्य आवश्यक : पोख्रेल
दाङ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले व्यवसायी क्षेत्रसँग सञ्चार क्षेत्र सहकार्य गरेर अगाडि वढने बताएका छन् । व्यवसायीक क्षेत्र र सञ्चार क्षेत्र एक अर्का परिपुरक रहेको उनले बताए ।
दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन । ‘व्यवसायीहरु र सञ्चार क्षेत्र विगतदेखि नै सहकार्य हँुदै आएको छ’ अध्यक्ष पोख्रेलले भने । व्यवसायीक क्षेत्रको विकासका लागि सञ्चार माध्यमले विगतदेखि नै भूमिका खेल्दै आएको र आउँदा दिनमा रहने उनको भनाइ रहेको छ ।
व्यवसायी तथा उद्यमीहरुले आफुहरुले गरेका कुराहरु वारे जानकारी दिनसमेत उनले आग्रह गरे । आफुहरुले गरेका कामका बारेमा जानकारी गराएमा वाहिर ल्याउन सहयोग पुग्ने उनले बताए । ‘अहिले कोभिडको कारण अहिले व्यवसायीक क्षेत्र र सञ्चार क्षेत्र समस्यामा परेका छन’ अध्यक्ष पोख्रेलले भने । अव स्वास्थ्य सुरक्षा अपनाएर चलायमान गराउनु पर्ने बताए ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष उदय जिएमले आर्थिक तथा औद्योगिक क्षेत्रको विकासमा सञ्चार क्षेत्रको सहकार्य रहने बताए । दाङ जिल्ला उद्योग वाणिज्य संघ संघ विगतदेखि नै सहकार्य रहदै आएको भन्दै आउँदा दिनमा पनि सहकार्य रहने उनको भनाइ रहेको थियो ।
कार्यक्रममा अध्यक्ष पोख्रेल, उपाध्यक्ष जि एम र किरण थापालाई टिका र खादा लगाएर सम्मान गरिएको थियो । कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा भएको थियो । संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्कीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।