नेपाल प्रहरीका १६ जना डीआईजीको सरुवा, लुम्बिनीमा मुकुन्दराज आचार्य

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईज्)िको सरुवा गरिएको छ । सोमबार गृहमन्त्री खगराज अधिकारीले जनपद प्रहरी समूह तर्फका डिआईजीको सरुवा गरेको प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए ।

मन्त्रालयका अनुसार प्रदेश १ प्रहरी कार्यालयमा डीआईजी अरुणकुमार बिसी, प्रदेश २ मा उमेश रञ्जितकार, बागमती प्रदेशमा प्रकाश जंग कार्की, गण्डकी प्रदेशमा दिवेश लोहनी, लुम्बिनी प्रदेशमा मुकुन्दराज आचार्य, कर्णालीमा गणेश ऐर र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पुरुषोत्तम कँडेलको सरुवा गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा डीआईजी वसन्तकुमार पन्त र घनश्याम अर्याललाई विशेष ब्यूरोमा सरुवा गरिएको छ ।

यसैगरी केन्द्रिय अनुसन्धान ब्यूरोमा धीरजप्रताप सिंहलाई पठाइएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा उत्तरराज सुवेदी र नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा सहकुलबहादुर थापालाई सरुवा गरिएको छ ।

प्रकाशित मिति : २०७८ असार ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस