राप्ती राजमार्ग पाँच दिनपछि खुल्यो

दाङ । दाङ सल्यान सडकखण्ड अन्तरगत कपुरकोट गाउँपालिका ३ दसरेलगायतका स्थानमा पहिरो आएपछि अवरुद्ध बनेको सडक पाँच दिनपछि शनिबार साँझबाट सुचारु भएको हो ।

असार १ गतेदेखि अवरुद्ध बनेको सडक शनिबार साँझबाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दसरे आसपासमा ठूलो ढुंगासँगै पहिरो जाँदा सडक अवरुद्ध हुँदै आइरहेको सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक राम प्रसाद श्रेष्ठले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा धेरै मालबहाक गाडीहरु बिचबाटोमै अलपत्र परेका थिए । पहिराले बाटोमा रोकिएका चारवटा गाडीमा समेत पहिरोले क्षति पु¥याएको थियो । सडक अवरुद्ध हुँदा दाङ, सल्यान, रुकुम पश्चिम, रुकुम पुर्व र रोल्पासम्मको यातायात अवरुद्ध भएको थियो ।

यस्तै अविरल वर्षाले जिल्लाका अवरुद्ध दर्जन बढी ग्रामीण सडकहरु पनि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असार ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस