दाङमा सर्पले डसेर एक बालिकाको मृत्यु
दाङ । दाङ देउखुरीमा सर्पको डसाइबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका ७ बिजयपुरका चेतबहादुर बोहोराकी १२ वर्षीया छोरी रेश्मा बोहोरा रहेकी छन् ।
आज बिहान करिब साढे सात बजे गोठमा पराल लिन गएका बेला गोमन सर्पले बालिकालाई डसेपछि गढवास्थित सर्पदंश उपचार केन्द्रमा उपचारार्थ भर्ना गरिएको थियो ।
तर सो केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि बालिकालाई लमहीस्थित अस्पतालमा ल्याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेको मृतक बालिकाकी आमा सरिता बोहोराले जानकारी दिइन् ।
प्रकाशित मिति : २०७८ असार ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस