डोटीमा पहिरोमा परि दुई बालबालिकाको मृत्यु

डोटी । डोटीमा पहिरोमा च्यापिएर दुई बालबालिकाको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका वडा नं. ५ चिसापानी नजिकै ब्राखा चराउन गएको बेला ओडारमा बसेका दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका वडा नं. ५ का ७ बर्षिय बालक बिनोद भण्डारी र मामाघरमा गएकी वडा नं. ७ राँतुलीकी ऐश्वर्या बिष्टकी ११ बर्षिया छोरी जेनिषा विष्टको रहेको प्रहरी उपरिक्षक दानबहादुर मल्लले बताए ।

बाख्रा चराउन गएका उनीहरु पानी परेपछि ओत लाग्न ओडारमा बसेको बेला माथिबाट पहिरो खस्दा च्यापिएका थिए । च्यापिएको थाहा भएपछि नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले पहिरो पन्छ्याउँदा उनिहरुको शव मृत फेला परेको हो ।
बुधबार मात्रै जिल्लाको केआई सिंह गाउँपालिकाका ६५ वर्षीय पुरुषको पहिरोमा परि ज्यान गएको थियो ।

प्रकाशित मिति : २०७८ असार ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस