दाङमा १८ जना संक्रमित थपिदा २५ जना निको भए

दाङ । दाङमा वितेको २४ घण्टामा १८ जनालाई कोरोना संक्रमण पुष्टि हुँदा थप २५ जना संक्रमणमुक्त भएका छन् । जिल्ला आपतकालिन कार्य संचालन केन्द्र घोराहीले दिएको जानकारी अनुसार वितेका २४ घण्टामा जिल्लामा ७० जनाको कोरोना परिक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै बैशाख यता दाङमा संक्रमित हुनेका संख्या ७ हजार ६ सय ६३ पुगेको केन्द्रले बताएको छ ।

यस्तैगरी वितेको २४ घण्टामा थप २५ जना संक्रमणमुक्त भएका छन् । यो संगै बैशाख यता निको हुनेको संख्या ७ हजार १ सय २५ पुगेको केन्द्रले बताएको छ । जिल्लामा अब ४ सय ६७ जना सक्रिय संक्रमित रहेका छन । वितेको २४ घण्टामा जिल्ला कसैको पनि निधन भएको छैन । जिल्लामा अहिलेसम्म १ सय ९७ जनाको मृत्यु भएको छ ।

यो संख्या बैशाख यताको रहेको केन्द्रले बताएको छ ।

प्रकाशित मिति : २०७८ असार ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस