सल्यानको शारदा नदीमा फसेका १२ जनामध्ये ८ जनाको उद्धार (अपडेट)

दाङ । सल्यानको शारदा नदीको बीच टापुमा खेतमा काम गर्न गएका १२ जनामध्ये ८ जनाको उद्धार भएको छ । अन्य ४ जनाको पनि उद्धारको काम भइरहेको छ । आज विहान शारदा नगरपालिका वडा नम्बर ६ बरलाका सोही ठाउँकै नदीको बीचमा रहेको खेतमा काम गर्न गएका १२ जना नदीको वहाव बढेपछि बिचमै फसेका थिए ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले उद्धारको काम गरिहेको र अब ४ जनाको मात्र उद्धार गर्न बाँकी रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई जानकारी दिइन्। साथै १२ हल गोरु पनि सोही नदीको बीचमा फसेका छन् ।

प्रकाशित मिति : २०७८ असार ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस