लैंगिक समावेसी तथा सामाजिक समावेशीकरण कार्यशाला

दाङ, गढवा । गढवा गाउँपालिकाको आयोजना तथा लुम्बिनी प्रदेश तालीम प्रशिक्षण प्रतिष्ठानको समन्वय सहकार्यमा असार २ देखि गढवा गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी २ दिने मुल प्रबाहीकरण कार्यशाला गोष्ठी सुरु भएको छ । गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले उक्त कार्यशालाको उद्घाटन गरेकी छिन् ।
दुई दिनसम्म सञ्चालन हुने सो कार्यशालामा नेपालको संबिधान २०७२ र स्थानीय सरकार संचालन ऐन २०७४, बेइजीङ घोषणा–पत्र र महिलामाथी हुने सबै पकारका भेद्भाव उन्मुलन महासन्धीलगायतका बिषयहरुमा छलफल गरिएको छ । बिकास निर्माणका योजनाहरुका सात चरण अन्तर्गत स्थानीय सरकारले लैंगिक उत्तरदायी बजेट बिश्लेषण, वर्गिकरण र कार्यान्वयन गर्दै लैगिक समानता र सामाजिक समावेशीकरणमुखि स्थानीय शासन संचालन गर्नुपर्ने बिषयमा जानकारी गराइन् । कार्यशालामा नेपाल सरकारको योजना तथा बजेट तर्जुमा दिग्दर्शन–२०७५ बमोजिम लैसस का सबल पक्ष, सुधार गर्नुपर्ने पक्ष र अवसर तथा चुनौतिका बारेमा नितीगत प्रकृया र बजेट तर्जुमाका बिषयमा मुल्यांकन तथा मापन गरिने र अंकभार प्रदेश सरकारमा पठाउनुपर्ने प्रदेश प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षक कमल गौतमले जानकारी गराए । पहिलो दिनको तालिमको प्रशिक्षण प्रशिक्षक कमल गौतम र कुलबहादुर डाँगीले गरेका थिए ।
कार्यक्रममा लैगिक समावेशी तथा सामाजिक समावेशीकरणका लागि पालिकाले अपनाएका सवल पक्ष, सुधार गर्नुपर्ने पक्ष, चुनौती तथा अवसरका बारेमा छलफल गरि बार्षिक कार्ययोजना तयार गरिएको र सो योजनालाई प्रदेश सरकारमा पठाइने भएको गाउँपालिकाले जनाएको छ ।