सल्यानको शारदा नदिको बिचमा ११ जना अलपत्र : उद्धारको लागि हेलिकप्टर माग

दाङ । सल्यानको शारदा नदिको बिचमा ११ जना अलपत्र परेको छन् । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ६ का स्थानीयहरु शारदा नदिको विचमा अलपत्र परेका हुन् । खेतमा धान रोप्नको लागि बिहान दुई हंगालोको बिचमा पुगको उनीहरु शारदा नदिमा पानीको सहत बढ्दै गएपछि त्यही अलपत्र परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

अलपत्र परेकाहरु १२ जना मध्ये १ जनाको डोरीको माध्यमबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बाँकी ३ जना महिला र ८ जना पुरुष गरेर ११ जना नदिको बिच भागमा अलपत्र परेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले जानकारी दिए । उनले ती अलपत्र परेका नागरिकहरुको उद्धारको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको जानकारी दिए ।

यसैविच प्रमुख जिल्ला अधिकारी होमागाईले अलपत्र परेका ती नागरिकहरुको उद्धारको लागि हेलिकप्टर माग गरिएपनि बर्षातका कारण आउन नसकेको जानकारी दिए । शारदा नदिमा पानीको सतह बढ्दै गएकाले उद्धारको लागि प्रयास भैरहेको उनको भनाई छ ।

प्रकाशित मिति : २०७८ असार ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस