दाङमा असार ८ गतेसम्म लम्बियो निषेधाज्ञा, सरकारी कार्यालय आंशिक खुल्ने

दाङ । दाङमा लकडाउन एक सातालाई थप गरिएको छ । जिल्ला कोरोना नियन्त्रण ब्यबस्थापन समितिको सोमबार घोराहीमा बसेको बैठकले लकडाउनलाई केही खुकुलो बनाउँदै असार ८ गतेसम्म लम्बियो निषेधाज्ञाथप गर्ने निर्णय गरेको हो ।
बैठकले ब्यबसाय बिहान ६ बजेदेखि १० बजेसम्म खोल्ने, सरकारी कार्यालय १० बजेदेखि १ बजेसम्म आंशिक रुपमा खोल्ने निर्णय गरेको छ । त्यस्तै होटेल ब्यबसायीले प्याकिङ गरेर खाना नास्ता बिक्री बितरण गर्ने पनि निर्णय गरेको छ ।
बैंक तथा बित्तीय सस्थालाई दिउँसो २ बजेसम्म खोल्ने निर्णय यथाबत राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।
प्रकाशित मिति : २०७८ असार १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस