दाङमा गोली चल्यो, २ जना पक्राउ

दाङ । दाङमा गोली चलाएको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर–८ टिकरी बस्ने २४ बर्षिय पुर्ण वली र २१ बर्षिय आकास चौधरी रहेको प्रहरीले बताएको छ । प्रहरीले उनीसँग भएको पेस्तोल र ६ राउन्ड गोली पनि बरामद गरेको छ ।

उनीहरुलाई शुक्रवार दिउँसो टिकरी नजिकै अश्वारा गनारी कुलोबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनीहरुले जग्गा विवादमा गोली चलेको बताइएको प्रहरीले जनाएको छ । तर कसलाई गोली प्रहार गरिएको हो भन्ने बारेमा प्रहरीले केही खुलाएको छैन ।

घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस