किवानिसद्वारा अक्सिजनका लागि साढे ४३ हजार सहयोग

दाङ। किवानिस क्लब राप्तीले अक्सिजनका लागि ४३ हजार पाँचसय रुपैँया सहयोग गरेको छ । पदमप्रसाद पोखरेल (जेठुकान्छू)ले थालेको ‘अक्सिजनका लागि मेरो एक हजार’ अभियान मार्फत तुलसीपुर उपमहानगरपालिकालाई उक्त रकम सहयोग गरिएको हो ।

क्लबका अध्यक्ष विमल पोखरेल(जेठू) का अनुसार क्लबका सदस्यहरुबाट संकलन गरि उक्त रकम सहयोग गरिएको हो । मुलुकलाई अफ्टेरो पर्दा सबैले सहयोग गर्नुपर्ने भन्दै आफूहरुले सहयोग गरेको बताए । अहिले जिल्लामा अक्सिजन अभाब हुँदा उपचारमा नै असर परेको भन्दै आफ्नो सानो सहयोगले कसैको ज्यान बच्न सक्ने भन्दै सबैले सहयोग गर्नुपर्ने समेत उनले बताए ।

उनका अनुसार अध्यक्ष विमल पोखरेल, उपाध्यक्ष हेमन्त प्रकाश ओली, संरक्षक जागेश्वर ओली, कोषाध्यक्ष नारायण विक, सहकोषाध्यक्ष गोवर्दन रिजाल , कार्यक्रम संयोजक नरेन्द्र ओली, सदस्य रुद्रमणी लम्सालले जनही ५/५ हजार सहयोग गरेका छन् ।

त्यस्तै सचिब गीता बिकले एक हजार, निर्मल न्यौपानेले एक हजार, यमकान्त भण्डारीले २ हजार, शुष्मा लामिछानेले ३ हजार, प्रकाश सेर्पालीले एकहजार पाँचसय सहयोग गरेका हुन् ।

प्रकाशित मिति : २०७८ बैशाख २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस