आईशोलेसन वार्ड निर्माणमा पत्रकारलाई सहयोग

दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखालाई आईशोलेसन वार्ड निर्माणमा विभिन्न ब्यक्तिहरुले सहयोग गरेका छन् । जिल्लाका संघसंस्था, व्यबसायी तथा पत्रकारहरुले पत्रकार महासंघ दाङ शाखालाई नगद तथा स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरेका हुन् । घोराहीका व्यवसायी लेखराज डिसिले कोरोना संक्रमणबाट फ्रन्ट लाईनमा रहेर कामगर्ने पत्रकारहरु संक्रमित भएकोले उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले नगद १० हजार रुपैया सहयोग गरेका हुन् । व्यवसायी डिसिले नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीलाई सोमवार नगद रकम हस्तान्तरण गरेका हुन् । “रकम सानो भएपनि समाजलाई शुसुचित गर्ने पत्रकारलाई संक्रमणवाट जोगाउने कार्यमा सहयोगी बन्न मैले सहयोग गरेको हुँ” डिसीले भने । कोरोना महामारीको समयमा सवैले सहयोगीको भुमिका निर्वाह गर्न पनि उनले आग्रह गरे ।

जिल्लाका अस्पतालमा विरामीले बेड नपाएको, अक्सिजन नपाएको जस्ता समाचारहरु आउने गरेकोले सवै मिलेर समस्याको समाधान गर्न डिसीले आग्रह गरेका छन् । यसअघि उनले घोराही उपमहानगरपालिका १७ का सिकलसेल पिडित ३ जना बालबालीकालाई गतवर्षदेखी पढाउदै आएका छन् ।

त्यस्तै घोराहीकै बुद्ध ईन्टरनेशनल हस्पिटल प्रालिले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । आईशोलेसन वार्डका लागी आवश्यकपर्ने पल्स अक्सिमिटर १ थान, १० लिटर सेनिटाईजर, एक सय ५० थान मास्क, २०० थान ग्लोब्स सहयोग गरेको छ । हस्पिटलका सिईओ बालाराम शर्माले महासंघका अध्यक्ष केसीलाई सोमवार उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । “महामारीको समयमा महासंघलाई चाहिने स्वास्थ्य सामाग्री र स्वास्थ्य परामर्श समेत दिन अस्पताल तयार छ” सिईओ शर्माले भने ।

त्यस्तै नेपाल पत्रकार महासंघ दाङले सञ्चालन गरेको आईशोलेसन ब्यवस्थापन, सञ्चालन र पत्रकार राहत कोषकालागी राप्ति लिकर्स एशोसियशन दाङले ११ हजार, पत्रकार टिका बस्नेतले ५ हजार, पत्रकार देविराम कुसारीले २ हजार ५ सय, तुलसीपुर अनलाईनले २ हजार ५ सय, पत्रकार निशानदाजु भट्टराईले नगद १ हजार रुपैया सहयोग गरेका छन् ।

नयाँ भेरियन्टसहितको कोरोना संक्रमणबाट जिल्लामा १७ जना पत्रकारहरु संक्रमित छन् भने एक जनाको मृत्यु समेत भैसकेको छ । संक्रमितहरु बढ्दै जादा अस्पतालमरुमा वेडको अभाव भएपछि पत्रकार महासंघले आईशोलेसन वार्ड निर्माण सुरु गरेको थियो ।

प्रकाशित मिति : २०७८ बैशाख २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस