केसीद्वारा जन्मदिनको अबसरमा अक्सिजन सिलिन्डर सहयोग

दाङ ।  तुलसीपुरका युवा ब्यबसायी यज्ञबहादुर केसीले बुधबार आफ्नो जन्मदिनमा फजुल खर्च नगरेर कोरोना संक्रमितहरुको उपचारका लागि अक्सिजन सिलिण्डर र केही नगद सहयोग गरेका छन् ।

जिल्लामा भएको कोभिड संक्रमित, जेष्ठ नागरिक र ईमर्जेन्सी बिरामीहरुका लागि अति आबश्यक पर्ने अक्सिजन सहयोग गरे ।कोरोना अस्पताल बेलझुण्डिमा अक्सिजनको चरम अभाब भएकोले उनले ५० केजीको २२ थान सिलिण्डर सहयोग गरेका हुन् । उक्त सिलिण्डर तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई दिएका हुन् ।

उनले भने,’ अक्सिजन अभाबका कारण जिल्लामा कसैको पनि अनाहकमा ज्यान नजावस थप सहयोग के – के गर्न पर्छ म तयार छु ।’ अक्सिजन बुझ्दै मेयर पाण्डेले अहिलेको महामारीमा सबैभन्दा ठुलो सहयोग नै मानविय सेवा भएकाले सबैले एकै ठाउमा उभिन जरुरी रहेको बताए । त्यस्तै केसीले पत्रकार शरद रेग्मीको फेसबुकमा पोष्ट गरेको हेरे “यो नै मानबताको सर्बोत्कृस्ट धर्म हो ।”भन्ने भनाईलाई शिरोधार्य गर्दै शनिबार तुलसीपुरमा मृत्यु भएका ३ जना बिपन्न बालबालिककाका परिवारलाई जन्मदिनको अबसरमा नगद ५००० सहयोग गरेका छन् ।

यता तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरेको अक्सिजन बैंकमा तुलसीपुरका समाजसेवी नेत्रमणी लामिछानेले २५ हजार, ब्यबसायी हमिद खानले १५ हजार र नेपाली कांग्रेसका नेता बलीराम खत्रीले १० हजार नगद सहयोग गरेका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस