२०८० असोज ५ गते शुक्रवार

एउटै महिलाले जन्माइन् ९ शिशु 

पश्चिम अफ्रिकामा एक महिलाले नौ बच्चालाई जन्म दिएकी छिन्। २५ वर्षीया हलिमा सेसेले गत मंगलबार नौ शिशुलाई जन्म दिएकी हुन्। मोरक्को सरकारले सबै नवजात शिशुहरु स्वस्थ्य रहको बताएको छ।

सेसेले पाँच छोरी र चार छोरालाई जन्म दिएकी हुन्। उनको अल्ट्रासाउण्ड गरी हेर्दा सात शिशु रहेको जनाइएपनि जन्मदा नौ जन्मिएका अन्तर्राष्ट्रिय संचार माध्ययमहरुले जनाएका छन्। सबैजनालाई सिजरियन सेक्सनद्वारा जन्माइएको हो।

उनलाई राम्रो उपचारका लागि मोरक्को लगिएको छ। मोरक्को सरकारले नौ शिशुको जन्म दिने यो नै पहिलो केश हो, होइन यकिन गरेको छैन।

प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस