कारभित्र मृत ३ बच्चाको पहिचान खुल्यो 

दाङ । दाङको तुलसीपुर ६ स्याउली बजार स्थित पार्किङ गरी राखेको भारती नम्बर प्लेडको कारमा मृत अवस्थामा फेला परेको ३ बच्चाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा तुलसीपुर ६ बरुवागाउँ निवासी भिम बहादुर परियारका ९ बर्षीय छोरा किरण परियार, सोही ठाउँका सन्तोस परियारका ७ बर्षीय छोरा सुवास भन्ने सुवर्ण परियार र किरण परियारका ६ बर्षीय छोरा करण परियार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिब बहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार बैशाख १६ गते इप्रकामा २ जना बच्चा हराएको भन्ने निवेदन परेको थियो । ‘ १६ गते हामी कहाँ २ जना बच्चा हराएको भन्ने निवेदन आएको थियो,’ डिएसपी सिंहले भने,‘ अहिले उनीहरु यसरी गाडीमा मृत अवस्थामा फेला परे । घटनाको बारेमा थप अनुसान्धान भइरहेको छ । ’ मृत बच्चा भेटिएको गाडी लक भएको समेत प्रहरीले जनाएको छ ।३ जना बालक एउटै कार भित्र मृत अवस्थामा फेला परेको घटना अनुसन्धान गर्न बाँकेबाट कुकुरसहितको बिशषेज्ञ टोली तुलसीपुर आइपुगेको छ ।

पार्किङ गरी राखेको भारतीय नम्बर प्लेटको आरजे ०१ सीसी ०८८५ कारभित्र ३ वटा बच्चा शनिवार साँझ मृत अवस्थामा फेला परेपछि त्यो घटना अनुसन्धान गर्न कुकुरसहितको बिशषेज्ञ टोली दाङ आए आएको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिए ।

प्रहरीले शवलाई पोष्टमार्टमका राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस