रोल्पामा ४२ वटा घरगोठ जले नष्ट
रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्वर २ मा आगलागी हुदा ४८ घरगोठ जलेर नष्ट भएको छ । वडाको नुवावाङ, धनवाङ ,बर्तिवाङ, रामपुर लगायतका बस्तीमा आगलागी हँुदा २४ घरधुरी , १९ गोठ र ५ भान्साघर गरी ४८ वटा घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिए ।
सोमबारदेखि जंगलमा लागेको आगो मंगलवार दिउँसो मानव बस्तीमा फैलिदा घरगोठ जलेर पुर्ण रुपमा नष्ट भएको प्रहरीले बताएको छ । जंगलमा लागेको आगो स्थानीयहरुले सोमबारदेखि नियन्त्रणमा लिने प्रयास गरेपनि मंगलवार हावाहुरीको कारण मानव बस्तीमा पस्दा घरगोठ जलेर नष्ट हुनुको साथै दुई दर्जन बढि पशुचौपाय समेत मरेका छन् ।
बस्तीमा लागेको आगो पुर्ण रुपमा नियन्त्रणमा आएपनि जंगलमा लागेको अझै नियन्त्रणमा आएको छैन । घटनाको पुर्ण विवरण आउन बाँकी रहेको छ ।
प्रकाशित मिति : २०७८ बैशाख १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस