दाङमा तपाइको मास्क खै ? (फोटो फिचर )

दाङ । तपाइको मास्क खै रु लमही नगरपालिकाका आसपासका चोकमा पछिल्लो समय दैनिकजसो मास्क नलगाई हिड्ने सर्वसाधरणका लागि प्लेकार्ड मार्फत सोधिने प्रश्न हो । यो प्रश्न अस्थायी प्रहरी कार्यालय नर्तीको ड्युटिमा खटिएका प्रहरी साहयक निरीक्षक, ट्राफिक प्रहरी, हवल्दार र प्रहरी जवानहरुले सोध्ने गर्छन ।

प्लेकार्ड मार्फत पैदल, साइकल, मोटरसाइकल वा अन्य लामो तथा छोटो दुरिमा चल्ने सवारी साधनमा हिडेका सर्वसाधरण नागरिकलाई रोकेर तपाइको मास्क खोइ भनेर दैनिक जसो प्ले कार्ड मार्फत प्रश्न गरिन्छ । र मास्क समेत प्रदान गरिन्छ । आगामी दिनका लागि चेतावनी सहित सचेत पनि गराइन्छ । साथै घरबाट बाहिर निस्किदा अनिवार्य मास्क लगाऔं, कोरोना भाइरसबाट सचेत बनौं जस्ता प्लेकार्ड हातमा लिएर प्रहरी जवानहरु दैनिकजसो खटिरहेका हुन्छन ।

आसपासका पालिकाहरुमा समुदाय स्तरमा संक्रमण बढ्न थालेपछि लमही नगरपालिकामा हुन सक्ने कोरोना संक्रमणको जोखिमलाई मध्यनजगर गर्दै अस्थायी प्रहरी कार्यालय नर्ती को टोलिले सुन्डबरी , जखेराचोक क्षेत्रमा बाटोमा हिड्ने सर्वसाधरण नागरिकालाई सचेत गराउँदै तपाइको मास्क खै रु अभियानलाई तिव्रता दिइएको अस्थायी प्रहरी पोस्ट नर्तीका प्रहरी सहायक निरीक्षक वसन्त राज गिरि ले बताए ।

गिरि ले भने – ूमास्क खै रु अभियान प्रभावकारी भएको महसुस गरेका छौू । कोरोना महामारीको समयमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन तथा घर बाहिर निस्किनै परे मास्क अनिवार्य लगाउन समेत उनले आम नागरिक लाई आग्रह समेत गरेका छन ।

यता लमही नगरपालिका वडा नम्बर ५ मा रहेको देउखुरी क्षेत्रको प्रमुख ब्यापारिक केन्द्र लमही बजारमा कोरोना संक्रमण बाट आम नागरिकलाई बचाउन लमही चेम्बर अफ कमर्सले २ दिने मास्क अभियान समेत संचालन गरेको थियो ।

प्रकाशित मिति : २०७८ बैशाख १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस