अनिबार्य मास्क अभियान : अटेरी गर्नेलाई अन्दस्पट जरिवाना

तुलसीपुर । तुलसीपुर क्षेत्रमा अनिबार्य मास्क अभियान सुरु गरिएको छ । कोरोना महामारी भयाबहरुपमा फैलिरहेको सन्दर्भमा यसक्षेत्रका सामाजिक सघंसंस्था र प्रसाशनले संयुक्त रुपमा यो अभियानको सुरु गरेका हो । दिनहुँ जसो कोरोनाका बिरामीहरुको मृत्यु भैरहेको र अवस्था चिन्ताजनक भैरहेको भन्दै बजारमा अनिवार्य मास्क र स्वास्थ्यको मापदण्ड पालना गराउन भन्दै सामाजिक संस्थाहरु बजारमा निस्किएका हुन ।

तुलसीपुर उद्योग वाणिज्य सघंको अगुवाईमा बजार क्षेत्रमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको महासचिव बिनिल केसीले जानकारी दिए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्य, सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिबी राणा, जिल्ला प्रहरी प्रमुख गणेश चन्द, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिबबहादुर सिह, तुलसीपुर उवासघंका पुर्ब अध्यक्ष बिमल रिजाल, त्रिसिद्देश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमाललगायतको सहभागीता रहेको थियो ।

त्यस्तै सचेतना अभियानमा तुलसीपुर नगर जेसिजका अध्यक्ष नारायण भट्टराई, शसस्त्र प्रहरी, ट्राफिक, पत्रकार, शान्ति समाज, विभिन्न क्लवलगायतका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रम तुलसीपुर उद्योग बाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : २०७८ बैशाख ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस