इनारमा डुबेर दाङमा एक बालकको मृत्यु

दाङ । इनारमा डुबेर दाङमा एक बालकको मृत्यु भएको छ । घोराही ५ धर्ना भैसापथ्रा निबासी ६ बर्षिय बालक प्रज्वल परियारको बिहीबार मृत्यु भएको हो ।

छिमेकी कुमानन्द नेपालीको इनारमा खस्दा बालकको मृत्यु भएको मृतकको बुवा पदम परियारले जानकारी दिए ।

गत फागुनमा खनेको इनार लापरबाही गरि हालसम्म पनि मर्मत नगर्दा घटना भएको उनले बताए ।

प्रकाशित मिति : २०७८ बैशाख १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस