देउखुरीमा रहेको कुलपानी पर्यटकीय आकर्षणको केन्द्र बन्दै

लमही। दाङ देउखुरीमा रहेको कुलपानी क्षेत्र पछिल्लो समय पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । गढवा गाउँपालिका १ मा पर्ने कुलपानी सामुदायीक वन समूहभित्र पर्ने धार्मिक क्षेत्रलाई आकर्षणको केन्द्रका रुपमा विकास गर्न थालेको हो । वन वातावरणको संरक्षण गर्दै पर्या–पर्यटनको विकासका लागि सरोकारवालाहरुसँगको सहयोगमा वडहरा धार्मीक तथा पर्यटकीय स्थलको विकासमा काम भैरहेको छ । रमणीय ताल तलैया, धार्मीक मठ मन्दिर तथा आकर्षक बगैचाको परिकल्पनाको साथ उदाहरणीय निर्माण कार्यको थालनी गरिएको छ ।

जिल्लाकै नमुना सामुदायिक वनको रुपमा परिचित वन समुहले स्थानीय गाउँपालिका, वन कार्यालय, उद्योग ब्यवसायी, सहयोगी ब्यक्तिको सहयोगमा पार्कको विकास गरिरहेको छ । उक्त पार्क स्थापनामा सहयोग गर्न समुहकोतर्फवाट सहयोगको आव्हान समेत गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष सहजराम अहिरले कुलपानीको विकासको काम भैरहेको बताए । कुलपानी क्षेत्र गढवाकै नमूना स्थान भएको भन्दै यसको विकास लागि गाउँपालिकाले पहल गर्ने समेत बताए ।
वन समुहका अध्यक्ष नमराज शर्माले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास लागि काम गरिरहेको र यो क्षेत्र दाङ क्षेत्रकै नमुना योग्य धार्मीक तथा पर्यटकीय स्थलको सम्भावना बोकेको क्षेत्र रहेको भन्दै यसलाई विकास गर्न सके पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको बताए । आफ्नो घर परिवार र छिमेकीसँग पार्क घुम्न पुगेकी बाघ मरुवा निवासी बिमला कुमाल पार्क एक दमै राम्रो बन्न्ने भन्दै यसरी तारिफ गर्छिन । कालाकाटे गढवा सडक खण्डको कालाकाटेदेखि ६ किलोमिटर पश्चिम पर्ने सो रमणीय क्षेत्रमा समूहले प्राकृतिक सौन्दर्यताको संरक्षण गर्दै ताल, बगैचा, परंरागत काठ जन्य सामाग्रीको संग्रहालय, मन्दिर, पार्क, पैदल मार्ग, बन्यजन्तुको संरक्षण, रुख टावरलगायतको संरचनाको संरक्षण गर्दै निर्माणकार्य सुरु गरेको छ ।

हालसम्म डिभिजन बन कार्यलय लमहीबाट ३ लाख रुपैयाँ, सामुदायिक बन उपभोक्ता महासंघ हरियो बन कार्यक्रमबाट ६ लाख, गढवा गाउँपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट एक लाख २१ हजार, गढवा गाउँपालिका वडा नमबर १ पतृङा निवासी भद्रसिंह बुढाबाट ब्यक्तिगत ५ लाख रुपैयाँ, शंकर नाथ योगीबाट ६० हजार रुपैयाँ, बाबा वासिङ प्लान्ट बाट ६० हजार सहयोगमा निर्माण कार्य जारी रहेको छ ।
हाल यस पार्कलाई सामुदायीक बनले संरक्षक गर्दै आएको र यस पार्कको विकासका लागि आर्थिक समस्याका रहेको कुलपानी सामुदायीक बनले बताएको छ ।