भारतीय दूतावासद्वारा स्थास्थ्य चौकीलाई एम्बुलेन्स

डोटी । भारतीय दूतावासले डोटीको बडिकेदार गाउँपालिका वडा नं. १ देवलीमा रहेको बर्छैन स्वास्थ्थ चौकीलाई एम्बुलेन्स प्रदान गरेको छ । स्वास्थ्थ कार्यालय डोटी र भारतीय दूतावासले उक्त एम्बुलेन्स एक कार्यक्रमको बिच बर्छैन स्वास्थ चौकीका निमित्त स्वास्थ्थ प्रमुख भुपेन्द्रबहादुर शाहालाई हस्तान्तरण गरिएको हो ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै बर्छैन स्वास्थ्य चौकीका निमित्त प्रमुख शाहाले एम्बुलेन्स स्वास्थमा आएपछि बिरामीहरुलाई डोकोमा बोकेर अस्पताल पु¥याउनु पर्ने बाध्यताको अन्त्य हुने र सहजरूपमा स्थानीयलाई सेवा दिने उनले बताए ।

त्यस्तै उनले एम्बुलेन्स उपलब्ध गराउन सहयोग गर्ने स्वास्थ कार्यालय डोटी, भारतीय दूतावास, समाजसेबी पदमराज जोशी, बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्द, उपाध्यक्ष इन्द्रा बोहरा भाटलगायत सम्पस्र्ण जनप्रतिनिधिहरु, सम्पूर्ण कर्मचारी, पत्रकार र स्थानीयबासीलाई धन्यवादसमेत दिए । गाउँमै एम्बुलेन्स पुगेपछि स्थानीयहरु पनि खुशी भएका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस