दुर्घटना अपडेट : मृत्यु हुने पाँचजनाको सनाखत

बाँके । बाँकेको कोहलपुरमा बस र टिप्पर दुर्घटना हुँदा ज्यान गुमाएका ५ जनाको पहिचान खुलेको छ । पाँचजना मृतकको सनाखत भएको इलाका प्रहरी कार्यालय कोहलपुरका असई शेरबहादुर बारघरे जनाएको छ ।

मृत्यु हुनेमा टिप्परका सहचालक उदय बाँठा र टिपर चालक २५ वर्षीय खगेन्द्र बहादुर सुनार छन् । उनीहरु दुवै कोहलपुर १२ बस्दै आएका थिए । सुर्खेत घर भएका ४१ वर्षीय जीवनकुमार बिक र झापाको मेची नगपारपालिका १० घर भएका छत्रबहादुर कटुवाल छन्। दुर्घटना ज्यान गुमाएकी मध्य अन्दाजी ३२ बर्षीया महिलाको शनिवार बिहान सनाखत भएको छ । उनी सिराहा जिल्लाको सुखीपुर गाउँपालिका वडा नं. ३ की अम्बिका कान्ती रहेको खुल्न आएको इलाका प्रहरी कार्यालय कोहलपुरका असई शेरबहादुर बारघरेले बताए । कान्ती शिक्षाका लागि खाद्य कार्यक्रम सुर्खेतमा कार्यरत कर्मचारी रहेको भन्ने खुल्न आएको पनि बारघरेले जानकारी दिए ।

दुर्घटनामा परि ७ जनाको अवस्था गम्भी रहेको भएपनि शनिवार बिहानसम्म सबैको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको जानकारी दिइएको छ । घाइतेको उपचारमा संलग्न चिकित्कसका अनुसार सबै घाइते अब खतरा मुक्त रहेका छन् ।

सुर्खेतबाट धरानका लागि छुटेको मे १ ख ३३४७ नम्बरको बस र विपरित दिशा तर्फ जाँदै गरेको ना अ अ प ४१ नम्बरको टिप्पर शुक्रवार बेलकी साढे पाँच बजेतिर कोहलपुर नगरपालिका–१३, रोहिणी खोला नजिकै एक आपसमा ठोक्किदा उक्त दूर्घटना भएको थियो । तीव्र गतिका कारण उक्त दूर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस