उत्पादन गरिएको बस्तुले बजार नपाउने होकी भन्ने चिन्तामा किसानहरु


डोटी । पैसा कमाउनकै लागि विदेशीने यवबाहरुको संख्या बढिरहेका बेला नेपालमा पनि केही गर्न सकिन्छ, भन्ने उदाहरण बनेका छन् । डोटीको बडिकेदार गाउँपालिका वडा नं. ४ खेतालीमा तरकारी प्याज खेती गर्दै आएका किसान शेरबहादुर धामी । बिदेशमा गएर हामी १२÷१२ घण्टा काम गर्छौ बिदेशमा गर्ने मेहनत नेपाल मै गर्ने हो भने राम्रो आम्दानी हुनुका साथै देश विकासमा पनि सहयोग पुग्ने किसान धामी बताउँछन् ।

आफुले ब्यवसाय गर्दै आएको प्याज खेती र तरकारी खेती उत्पादनपछि अब रोड पुग्ने क्रकमा रहेकोले गाउँपालिकाको केन्द्र र स्थानीय बजारमा खपत गराउने उनको लक्ष्य रहेको धामीले बताए । त्यसैगरी तरकारी खेती गर्दा विभिन्न प्रकारका रोगहरु लाग्ने भएकोले स्थानीय सरकारले निःशुल्क रुपमा औषधि उपलब्ध गराइदिन पनि उनले माग गरेका छन् ।

बडिकेदार गाउँपालिकामा सञ्चालनमा रहेको ग्रामीण सामुदायिक केन्द्र घाङगले केही मात्रामा आर्थिक र भौतिक सहयोग गरेको किसान धामिले बताए । त्यस्तै डोटीको जोरायल गाउँपालिका वडा नं. ३ रावतकट्टे डोटीमा मदरल्यान्ड कृषि तथा पशुपन्छी फर्म सञ्चालन गरेका श्यामबहादुर कठायतको आजभोलिको दैनिकी फेरिएको छ । इन्डियादेखि सहकारी संस्थामा समेत जागिर गरेका श्याम आजभोली कुखुरा र हास पालनमा ब्यस्त रहेका छन् । करिब ६ सय हास र करिब एकहजार चल्ला लोकल कुखुरा पालन गरेका श्यामको गुनासो पनि सरकारले वास्तविक किसानलाई अनुदान दिनको साटो आफ्ना आफ्न्त र पहुँच भएकालाई मात्र पाउने गरेको गुनासो गरेका छन् ।

सरकारले कृषिमा युबा पुस्तालाई स्थान दिदै आफ्ना आसेपासे र पहुँच भएकालाई मात्र नभैई वास्तविक किसानलाई चिनेर अनुदानलगायतका कार्यक्रम दिने हो, भने प्रत्येक दिन हजारौंको संख्यामा बिदेशीने युवालाई केही हदसम्म भए पनि रोक्न सकिने थियोे की ।

प्रकाशित मिति : २०७७ चैत्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस