गाउँपालिका पुर्णखोप सुनिश्चितता र दिगोपन घोषणा

डोटी । डोटी बडिकेदार गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता र दिगोपन घोषणा गरिएको छ । आइतबार एक कार्यक्रमका बिच उक्त कार्यक्रमको बडिकेदार गाउँपालिकाका उपाध्यक्ष इन्द्रा बोहरा भाटले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष भाटले स्वास्थ क्षेत्रमा पनि बडिकेदार गाउँपालिकाले फड्को मार्दै गरेको र यस क्षेत्रमा सहयोग गर्ने स्वास्थकर्मीलाई धन्यवादसमेत दिए ।

बडिकेदार गाउँपालिकाका १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिना भित्र पाउने खोप दिलाइ पुर्ण खोप दिएको सुनिश्चितता गरेको बडिकेदार गाउँपालिकाका स्वास्थ साखा प्रमुख योगेन्द्रबहादुर शाहीले बताए ।

जिल्ला स्वास्थ कार्यालय डोटीले बडिकेदार गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता र दिगोपनको प्रमाणपत्रसमेत उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : २०७७ चैत्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस