बिगत तीन हप्तादेखि लागेको आगो नियन्त्रण हुन सकेन

डोटी । डोटीमा बिगत तीन हप्तादेखि लागेको आगो नियन्त्रणमा नआउँदा बन जङ्गल मात्र सखाफ भएको छैन स्थानीयको खेतबारीमा आगो सल्किदा लाखौंको क्षति भएको छ ।
डोटीमा यति बेला जताततै बन जङ्गल जलेर नष्ट भएको छ, भने आगो बारीमा सल्किदा बडिकेदार गाउँपालिका वडा नं. ५ तिखेढुङ्गामा रहेको रणजित कृषि तथा पशु फर्ममा आगो सल्किदा खेतबारीमा रोपेको स्याउको बोटा तिनसय कागती एक सय बोटा तजपात २ सय पचास बोटा र २५ यमयम एकहजार मिटर पाइप पनि जलेर खरानी भएको खड्यौली प्रहरी चौकी खड्यौलिले जानकारी दिएको छ । करिब चारलाख पचास हजार बराबरको क्षेती भएको प्रहरीले जनाएको छ ।
सम्बन्धी निकायले ध्यान दिन नस्कदा अहिले डोटीका जङ्गलमा आगलागी भैरहेको छ । कुनै सम्बन्धी निकायले नदिदा आगोलागी नियन्त्रणमा आएको देखिदैन ।
प्रकाशित मिति : २०७७ चैत्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस