स्वास्थ्य मन्त्रालय ‘राति ९ बजेपछि रेस्टुरेन्ट बन्द गर्नुस्’

काठमाडौं । बुधबार विज्ञप्तिमार्फत स्वास्थ्य मन्त्रालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । मन्त्रालयले रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि कडाइका साथ बन्द गर्न पनि अनुरोध गरेको छ

यस्तै मन्त्रालयले काठमाण्डौ, पोखरालगायत ठूला सहरमा विद्यालय जाने उमेर समूहमा पनि सङ्क्रमण बढ्दो रहेको भन्दै सम्पूर्ण शैक्षिक संस्थाहरुमा सङ्क्रमणको उच्च सतर्कता अपनाउन पनि अनुरोध गरेको छ । ‘जोखिम बढेका ठूला सहरहरुमा सार्वजनिक यातायातमा यात्रा गर्ने वा भिडभाड कम गर्ने र जनस्वास्थ्यका मापदण्ड कडाइका साथ अनिवार्य पालना गर्न–गराउन मन्त्रालय सबैमा अनुरोध गर्छ’, विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले विदेशबाट फर्केपछि घरमा क्वरेण्टीनमा रहेका र सङ्क्रमित भएर घरमै आइसोलेशनमा रहेकालाई तोकिएका मापदण्ड अपनाउन पनि अनुरोध गरेको छ ।

यस्तै कन्ट्याक्ट ट्रेसिङ बढाउन तथा घटना अनुसन्धानका लागि एन्टिजेन तथा आवश्यकताअनुसार पीसीआर परीक्षण बढाउन सम्बन्धित स्वास्थ्य कार्यालयहरु तथा पालिकाहरुलाई अनुरोध गरेको छ । उज्यालोबाट

प्रकाशित मिति : २०७७ चैत्र २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस