हीमा चौधरी बिहीबार रातिदेखि बेपत्ता

दाङ । तुलसीपुरकी एक महिला सम्पर्क बिहीन भएकी छिन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ पत्खौली निवासी २६ बर्षीया हीमा चौधरी बिहीबार राति घरमा छोराछोरीलाई छोडेर सम्पर्क बिहीन भएकी हुन् ।

राति १० बजेतिर आफ्नी साईली सासुसँग आफ्नो र श्रीमानको नागरिकता मागेर हिडेकी थिईन् । यसपछि उनी कहाँ गएको भन्ने कसैलाई केही जानकारी नभएको उनका बुवा रामप्रसाद चौधरीले जानकारी दिए । बिहान उनी घरमा नदेखिएपछि खोजतलास गरेको भएपनि कतै फेला नपरेको उनले बताए ।

आफ्नो सबै कपडाहरु पनि लिएर गएको परिवारले बताएका छन् । हिमाका श्रीमान रोजगारीको सिलसिलामा विगत दुई बर्षदेखि साउदीमा छन् । उनको सात बर्षको छोरा र ४ बर्षकी छोरी छिन् । साथै हिमाका बुवाले आफ्नो छोरीलाई कसैले देखे वा भेटेमा नजिकैको प्रहरी कार्यालय वा मोवाईल नं. ९८१८०१९६७० र ९८२९५३६५९५ मा सम्पर्क गरिदिन आग्रहसमेत गरेका छन् ।

प्रकाशित मिति : २०७७ चैत्र २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस