पेट्रोलियम पदार्थको मूल्य बढ्यो

दाङ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्य बृद्धि गरेका छ । निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य दुई÷दुई रुपैयाँका दरले बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय २० रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य एक सय तीन रुपैयाँ पुगेको छ ।

यस्तै आन्तरिक हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ । मूल्य समायोजनपछि पनि निगमले १५ दिनमा ८८ करोड रुपैयाँका दरले घाटामा रहेको दाबी गरेको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस