राष्ट्रपति भण्डारीद्धारा मेलम्चीको पानी औपचारिक उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपबाट मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन गरेकी छिन् । खानेपानी मन्त्रालयले आयोजना गरेको उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले धारा खोलेर पानी वितरणको औपचारिक सुरुवात गरेकी हुन् ।

मेलम्चीको पानी गएको आइतबारदेखि परीक्षणका रूपमा वितरण गर्न थालिएको भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार औपचारिक शुभारम्भ गरेकी छिन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उपस्थिति रहेका थिए । शुक्रवार बिहान बालाजु पानी पोखरीबाट खानेपानी छोडिएपछि नयाँ बजार, सोह्रखुट्टे र ठमेललगायतका क्षेत्रको उपभोक्ताले पानी पाएका काठमाडौ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले जानकारी दिए ।

काठमाडौको मीन भवन, अनामनगर, महङ्काल, खुमलटारको पानी ट्याङ्कीबाट पनि पानी वितरण गरिएको छ । शुक्रवारदेखि काठमाडौ उपत्यकामा दैनिक झण्डै आठ करोड लिटर खानेपानी सञ्चालनमा आएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस