चार हप्तासम्म लकडाउनको घोषणा

काठमाडौं । फ्रान्समा चार हप्ताका लागि लकडाउन घोषणा गरिएको छ । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले देशभर शनिबारदेखि लागु हुने लकडाउन कम्तिमा एक महिनासम्म रहनेछ । टेलिभिजनबाट सम्बोधन गर्दै तेस्रो लकडाउनको घोषणा गरेका हुन् ।

साथै मानिसहरुलाई कार्यालयको सट्टा घरमै बसेर काम गर्न उनले बताए । मानिसहरुलाई उचित कारणविना घरबाट १० किलोमिटरभन्दा टाढा जान रोक लगाइएको छ । संक्रमण फैलिन नदिने उद्देश्यले सार्वजनिक समारोहमा पूर्णरुपमा रोक लगाइएको छ । शुक्रबार पर्ने महान पर्व इस्टर मनाउनका लागि भने मानिसहरुलाई छुट दिइएको छ । राष्ट्रपति म्याक्रोले देशभरिका विद्यालय पनि तीन साताका लागि बन्द हुने बताएका छन् । फ्रान्समा अहिलेसम्म कोरोनाभाइरसको संक्रमणबाट १ लाख मानिसको मृत्यु भइसकेको छ ।

राष्ट्रपति म्याक्रोले आफ्नो सन्देशमा भनेका छन्, कोरोना संक्रमण बढ्दो क्रममा भए पनि यसलाई रोक्न अप्ठ्यारो नभएको बताएका छन् । त्यसैले फ्रान्सीसी नागरिकलाई नडराउन उनले आह्वानसमेत गरेका छन् ।

प्रकाशित मिति : २०७७ चैत्र १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस