बेपत्ता बालबालिकाहरुलाई परिवारको जिम्मा लगाइने

महोत्तरी । बेपत्ता भएका पाँच बालिकासहित सात जनाको भारतबाट उद्दार गरेर नेपाल ल्याइएको छ । उनीहरुलाई गएराति ११ बजे नेपाल ल्याइएको हो । नेपाल प्रहरी र शसस्त्र प्रहरीसमेतको समन्वयमा भारतबाट उनीहरुलाई सकुशल उद्धार गरि ल्याइएको छ ।

भंगहा नगरपालिकाका मेयर संजिव साह र ओरेक नेपाल की लिला दियाली समेतको उपस्थितिमा नेपाल प्रहरी र शसस्त्र प्रहरी नाकामा उद्धार टोली र बालिकाहरूलाई लिन पुगेका थियो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरुसँग (आज) बिहीबार सोधपुछ गरेर परिवारको जिम्मा लगाइने महोत्तरी प्रहरी कार्यालयले जनाएको छ । उनीहरु गत मंगलबार घाँस काट्न गएको बेला उनीहरु बेपत्ता भएका थिए ।
बेपत्ता भएर भारतमा भेटिएकामा १८ वर्षीया अस्मिता पासवान, नगिना पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १३ वर्षीया ज्योति पासवान, १० वर्षीया रञ्जना पासवान र सीमा पासवान रहेका छन् । एउटै टोलका उनीहरु घाँस काट्न गएर उनीहरु अबेरसम्म घरमा नआएपछि घर पविारले खोजतलास सुरु भएको थियो ।

प्रकाशित मिति : २०७७ चैत्र १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस