संक्राम ब्यारेक दिनप्रति दिन जीर्ण बन्दै

दाङ । दाङको संक्राम भन्ने वित्तिकै सबैलाई तत्काली माओवादीको जनमुक्ति सेना बसेका ठाउँको सम्झना आउँछन् । शान्ति सम्झौतापछि विसं २०६४ मंसिर २५ गते तुलसीपुर उपमहानगरपालिका १९ संक्राममा दीर्घ स्मृति ब्रिगेड अन्तर्गतका ३ बटालियन सहितको २ हजार जनमुक्ति सेना बसेका थिए । उक्त ब्यारेकलाई क्रान्ति संग्राहलय बनाउने योजना रहेको स्थानीय सरकार भन्दै आएको छ । भौतिक संरचनामा भएका टिन तथा काठ चोरी भइसकेको छ, भने जग्गा पनि अतिक्रमण हुन लागेको छ । अब यस्तै रह्यो भने नामको मात्र ब्यारेक रहने स्थानीयहरुको भनाइ छ । ति २ हजार सेना मध्यमा दाङ तुलसीपुर उपमहानगरपालिका १८ का घाइते जनमुक्ति सेना भुलबहादुर विक पनि त्यहि ब्यारेकमा बस्नु भएको थियो । आफु जस्तै पूर्व जनमुक्ति सेनाको रगत र पसिनाबाट बनेको संचरनाहरु यस्तो अवस्था देख्दा मन साह्रै दुख्ने गरेको उनले बताए ।

ब्यारेकलाई समान्य संरक्षण बाहेक अरु कुनै प्रगित नएको संक्राम ब्यारेक भौतिक संरचना संरक्षण तथा ब्यवस्थापन समितिको सचिव विभिषण रोका मगरले बताइन् । उपमहानगरले संरक्षण गर्न जिम्मा पाएपछि आफुहरु केहि नगरेको महिला लामाखोला सामुदायिक वनकी अध्यक्ष फम्फा नेपाली बताइन् । विभिन्न समयमा नेताहरु पनि उक्त ब्यारेको अवलोकन गरेका छन् । तर, उक्त ब्यारेक संग्राहलय भन्दा पनि दिन प्रतिदिन जीर्ण बन्दै गइरहेको छ । आफुले विगत एक बर्षदेखि उक्त ब्यारेकलाई हेर्दै आइरहेको कौमती खत्रीले बताइन् । त्यस्तै, केहि स्थानीयहरुले ब्यारेकको जग्गा पनि अतिक्रमण गरेको बताइन् ।

सेना समायोजनपछि लामाखोला महिला सामुदायिक वन क्षेत्रमा करिब १० बिघा क्षेत्रफलमा फैलिएको ब्यारेकको संरचना सुरक्षाका लागि सशस्त्र प्रहरीले २०६८ फागुन २७ गतेदेखि खटियो । तर केहि समयपछि सशस्त्र प्रहरीले उक्त ब्यारेक छोडेर गयो । त्यसपछि उक्त ब्यारेक संरक्षण उपमहानगरपालिकाको जिम्मामा आयो । अहिले गाउँलेले चौकीदारी गर्ने अवस्थामा पुगेको छ । यता उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले ब्यारेकलाई क्रान्ति संग्राहलयका रूपमा विकास गर्ने तयारी भइरहेको बताए ।

प्रकाशित मिति : २०७७ चैत्र १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस