चलचित्रले बिभिन्न जातजातिको संस्कृतिलाई जोड्नु पर्छः पूर्वमुख्यमन्त्री चौधरी

तुलसीपुर । लुम्बिनी प्रदेशका पुर्वमुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बिभिन्न जातजातिको पहिचानलाई चलचित्रले समेट्नु पर्ने बताए ।चलचित्र पत्रकार संघ दाङको शनिबार तुलसीपुरमा भएको १६ औं बार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले चलचित्रले नै संस्कार र संस्कृतिलाई संरक्षण गर्न सक्ने भन्दै यसमा ध्यान दिनुपर्ने बताए ।
“चलचित्रले बिभिन्न जातजातिको पहिचान संरक्षण गर्नुपर्छ”,उनले भने “दाङ थारु समुदायको पहिचानको जिल्ला हो, यहाँको थारु समुदायको पहिचान, संस्कार, संस्कृतिको कुरा पनि आउनु पर्छ ।” साथै उनले दाङलाई कलाकार उत्पादन गर्ने क्षेत्रका रुपमा विकास गर्नुपर्ने समेत बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले चलचित्रले समाजको यथार्ततालाई बाहिर ल्याउनु पर्ने बताए ।
कार्यक्रममा चलचित्र पत्रकार संघका केन्द्रिय सदस्य ध्रुबराज न्यौपाने, चलचित्र पत्रकार संघ लुम्बिनी प्रदेशका संयोजक शिव पुन, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य लिला शाह, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी, तुलसीपुर मेट्रो कलेजका प्रमुख वसन्त आचार्य, प्रेस युनियन दाङका अध्यक्ष नारायण खडका, प्रेस चौतारी दाङका अध्यक्ष सुधासुमन ढकाल, प्रेस सेन्टर दाङका सचिव दीपक बोहरा, जनपत्रकार संगठनका अध्यक्ष हेमरजा वली, रासस दाङका प्रमुख नारायणी रजौरे, फोनिज दाङका अध्यक्ष दिप्तीशीखा चौधरी, तुलसीपुर उद्योग वाणिज्य संघका सदस्य बिमल गौतम, संस्थापक उपाध्यक्ष चेतन रेग्मी लगायतले चलचित्र पत्रकारिताले जिल्लामा विट पत्रकारिताको सुरुवात गरेको बताए । उनले चलचत्रिमा खोजी पत्रकारितामा ध्यान दिनुपर्ने बताए ।
साधारणसभाका अवसरमा चलचित्र पत्रकारिताको क्षेत्रमा योगदान पु¥याएको भन्दै पत्रकार बालाराम खडका, गोपाल शर्मा भट्टराई, लिला शाह, अमरक्षितीज भण्डारी, ओपेन्द्र बस्नेतलाई सम्मान गरिएको थियो । त्यस्तै पत्रकारहरु धुव्रराज न्यौपाने, देवेन्द्र बस्नेत, एकराज भण्डारी, जयन्ती चौधरी, पूर्ण केसी र झग्गु भण्डारीलाई पुरस्कृत गरिएको थियो । दाङ शाखा अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पूर्ण केसीले स्वागत मन्तव्य ब्यक्त गरेका थिए, भने सहजीकरण सचिव निरला अर्याल गैरेले गरेकी थिइन् ।