श्रीमतीको जीवनरक्षाका लागि सहयोगी हात खोज्दै श्रीमान
दाङ । तुलसीपुर उपमहानगरपालिका १८ अक्कासी धमरपुरकी लक्ष्मी बिक अहिले ५३ वर्षकी भइन । सामान्य दलित परिवारकी बिकको गत माघमा घाँटीमा सामान्य समस्या देखा प-यो । आर्थिक अभावका कारण सामान्य समस्या चेकजाँच र उपचार समेत गराउन पाइनन् ।
समय बित्दै जादा घाँटीमा देखा परेको सामान्य समस्या क्यान्सर जस्तो प्राणघातक रोगमा रुपमा बल्झियो । जसले उनको परिवारमा पुरै सन्नाटा छायो । ऐलानी जग्गामा बसोबास गर्दै आइरहेका बिकको परिवारको क्यान्सर रोगको उपचार मृत्युलाई पर्खनु बाहेक अर्को विकल्प केही थिएन । तर, आफन्तहरू सहयोगमा बिकको उपचारका लागि श्रीमान टेक बहादुर बिकले भारतको चण्डीगढ सम्म लगे ।
अहिले उपचारका लागि क्यान्सर पीडित बिक भारतमै आफन्तको बसोबास गर्दै आइरहेका छन् । तर, उपचारका लागि पैसा नहुँदा समस्या परेको श्रीमान टेक बहादुरले बताए । उनले भने, ‘ पैसा छैन , आफन्तको छोडेर आएको छु । श्रीमतीको उपचारका लागि कसैले सहयोग गरे पैसा लिएर जान्थे , श्रीमतीलाई उपचार गराई आँउथे ।’
श्रीमान टेक बहादुर श्रीमतीको उपचारका लागि अहिले सहयोगी हातको खोजीमा भौतारिरहेका छन् । श्रीमतीको उपचारका लागि श्रीमान टेक बहादुरले कुमारी बैंकको टेक बहादुर कामीको नाममा रहेको खाता नं. १३९००९२५१२४००००१ रकम जम्मा गर्न र आफ्नो मोबाइल नं. ९७६६८८८०६२ सम्पर्क गरि क्यान्सर पीडित श्रीमतीको जीवनरक्षामा सहयोग गरिदिन सहयोगी दाताहरूसँग समेत अपिल गरेका छन् ।

