गढवाका विद्यालय एकसाताका लागि बन्द हुने

दाङ ।  दाङको गढवा गाउँपालिकाले  एक सातासम्म विद्यालय  बन्द गरेको छ । केही दिन यता विद्यालय तथा समुदाय स्तरमा बालबालिकाहरूमा आँखा चिलाउने, पाक्ने, रातो हुने जस्ता समस्या देखिएका कारण साउन २८ गतेसम्मका लागि विद्यालय बन्द गरेको गाउँपालिकाले जनाएको छ ।

आइतबार गाउँपालिकाले एक सुजना जारी आँखा पाक्ने समस्या दिन प्रति दिन गुणात्मक रुपमा बढिरहेको हुँदा यस समस्याबाट बालबालिकाहरूमा हुनसक्ने जोखिमलाई न्यूनिकरण गर्नको लागि गाउँपालिकामा सञ्चालित संस्थागत विद्यालयहरू बन्द गराउन  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले जानकारी दिए । गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा आउँदो २८ गतेसम्म बर्खेबिदा दिइएकाले संस्थागत विद्यालय मात्र बिदा गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०८० साउन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस