दाङमा मानव वेचविखन तथा ओसारपसार कसुरमा एक पक्राउ

दाङ । दाङमा मानव वेचविखन तथा ओसारपसार कसुरमा १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमही नगरपालिका ५ लमही बजारमा रहेको होटल वि.एण्ड.वि. का संचालक ४४ वर्षका नुमाराज भुसाल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनले होटलमा कामको खोजीमा आएका पिडित महिलाद्वयलाई विभिन्न किसिमको प्रलोभन देखाइ विगत २०७९ साल मंसिर अन्तिमदेखि गत चैत २७ गतेसम्म पटक-पटक परपुरुषसंग शारिरीक सम्बन्ध राख्न लगाएको आरोप छ ।
पिडीतद्वयले आफूहरुलाई निश्चित रकम र डर त्रास दिएर जबरजस्ती शारिरीक सम्बन्ध राख्न लगाएको भन्दै वडा प्रहरी लमहीमा उजुरी दिएका थिए । होटलका संचालक भुसाललाई वैशाख ४ गते पक्राउ गरी मानव वेचविखन तथा ओसारपसार मुद्दा दर्ता गरि दाङ जिल्ला अदालत घोराही दाङबाट ५ दिनको म्याद लिई थप अनुसन्धान कार्य भइहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजन कुमार गौतमले जानकारी दिए ।
उनका अनुसार होटल संचालक भुसालले ग्राहक आएको वेलामा अफोन सम्पर्क गरी राशारिरीक सम्बन्ध राख्न लगाउने र सो वापत पिडितहरुलाई निश्चित रकम दिएर पठाउने गरेको र पिडितहरुको मञ्जुरी नहुँदा पनि उनले डर त्रास देखाई जवरजस्ती गलत काम गर्न बाध्य पारेको भनि प्रहरीमा उजुरी दिएका थिए ।