साढे ५ लाख बढि नेपाली नक्कली नोटसहित ३ जना पक्राउ

दाङ । बाँके प्रहरीले  नेपाली नक्कली नोट सहित ३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा अछामको तुर्माखाद गाउँपालिका ३ बस्ने ३७ वर्षीय दीपक बिसी , सल्यान बनगाड कुपिण्डे नगरपालिका  ५ बस्ने ३० वर्षीय मोहन राना  र बाँके कोहलपुर नगरपालिका ११ बस्ने ३२ वर्षीय मोहन कुमाई रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार साँझ करिब साढे ५ बजेतिर उनीहरूलाई  नेपालगन्ज  उपमहानगरपालिका ४ न्युरोड स्थित नक्कली नोटको कारोबार भइरहेको  भन्ने विशेष सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिप्रका बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।  प्रहरीले उनीहरूका साथबाट  नेपाली एक हजार  दरको नक्कली नोट ५ लाख ६९, हजार सहित पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ । 

प्रकाशित मिति : २०७९ फाल्गुन ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस