उल्टो पदयात्री ऋषिलाई सम्मान

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राणागाउँका ३१ वर्षिय ऋषि परियारलाई सम्मान गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले परियारलाई सम्मान गरेको हो । पालिकाले गिनिज बुकमा रेकर्ड कायम गरेको र उल्टो पदयात्राबाट पालिकाको परिचयलाई विश्वसामु पु¥याएको भन्दै सम्मान गरेको हो ।
उनलाई नगद, प्रमाणपत्र सहित सम्मान गरिएको हो । नगरप्रमुख टीकाराम खड्काले सम्मान गरेको हो । सम्मान गर्दै नगरप्रमुख खड्काले परियारको प्रतिभाले तुलसीपुरलाई विश्वसामु परिचय दिलाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । परियारले २०७८ साल माघ १५ गतेदेखि मेची पुलबाट उल्टो पदयात्रा सुरु गरेका थिए । उनले ६५ दिनमा एघार सय १४ किलोमिटर उल्टो पदयात्रा सम्पन्न गरेका हुन् ।
उनले गिनिज बुकमा दुईवटा काममा विश्व रेकर्ड कायम गरेका हुन् । उनले २९ सेकेन्डमा एक लिटर पानी पिएर एउटा रेकर्ड कायम गरेका हुन्, भने एक मिनेटमा एक सय २३ पटक जम्प गरेका छन् । परियारले दुईवटा खुट्टा माथिए बनाएर दुई हातले मात्रै दुई किलोमिटरसम्मको यात्रा पूरा गर्न सक्छन् । तुलसीपुर उपमहानगरपालिका ३ राणागाउँका ऋषिका ५७ बर्षीया बुवा खड्गवीर ५० बर्षीया आमा सुन्तली परियारले गाउँघरका कपडा सिलाएर गृहस्थी चलाउँदै आउएका छन् ।
परिवारका जेठा सन्तान ऋषिभन्दा पछाडि थप चार बहिनी छन् । दुई जनाको विहे भए पनि अन्य दुई जना भने घरमै छन् । जस्तोसुकै भए पनि ऋषिले अभ्यास गर्न कहिलै छोड्नुभएन जसका कारण उनलाई सफलता मिल्दै आएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष वीरबहादुर विकले ऋषिले सानै उमेरदेखि सडकमा बिहानैदेखि हातले टेकेर उल्टो हिड्ने गरेको बताए । उनले भने ऋषिले तुलसीपुरलाई विश्वसामु चिनाएको हो । उनको प्रतिभालाई सधै सम्मान गर्छौ ।