दाङ प्रहरीको सफलता : एसपि वलीको निर्देशनमा जुवाडे पक्राउ

दाङ । दाङ प्रहरीले गोप्य सूचनाको आधारमा जुवा खेली रहेका १५ जुवाडेहरुलाई ५ लाख बढी रकमसहित पक्राउ गरेका छ । दाङ प्रहरीका अनुसार पक्राउ परेका मध्य एक जना वडा सदस्य र एक जना सशस्त्र प्रहरीका जवानपनि रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीका अनुसार दाङको दंगिशरण गाउँपालिका वडा नं. ५ बालापुरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई गएराति पक्राउ गरिएको जानकारी दिए । जुवा खालबाट १५ जनालाई पाँच लाख २८ हजार ३४० नगदसहित पक्राउ गरिएको एसपी वलीले बताए ।

दाङ प्रहरीले पक्राउ परेकाहरुको नाम भरी सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : २०७९ असोज २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस