गायक रमेश के सिंहको गीत ‘छाडी जाने’ सार्वजनिक

दाङ । छाडी जाने मायालुलाई सम्झी नबस तिमीले,
सपनीमा आउने उसलाई मनमा नराख कसैले,
पहिले पहिले आँखा जुधाउँछन् सुस्तसुस्त दिलमा सजाउँछन्
आफ्नो स्वार्थ पूरा भएपछि दूरी बढाउँछन्, चिन्न डराउँछन् ।

नेपाली गीत संगीतको आकाशमा सल्यान जिल्लाले फेरि अर्काे फड्को मार्न सफल भएको छ । यसै क्रममा नेपाली सुगम तथा आधुनिक संगीतको धारलाई पहिल्याउँदै सल्यान खलंगा निवासी युवा गायक रमेश के. सिंहले आफ्नै शब्द अनि आवाजमा ‘छाडी जाने मायालु…’ बोलको गीत ओआरएस डिजिटल मार्फत बजारमा ल्याएका छन् । लोक दोहरीको व्यापक बाहुल्यता रहेको पश्चिम नेपाली सांगितिक बजारमा गायक रमेशले आधुनिक र स्लो रकको फ्युजनमा तयार पारेको यो गीतलाई चुनौतीको रुपमा हेरिएको छ । युवा पिढिमा देखिने मानविय सम्वेदना, प्रेम, रोमान्स, आशंका अनि बिछोड यो गीतको मुख्य भाव रहेको छ । जे जति बिध्न बाधा आईपरे पनि जीवनलाई सहज रुपमा जिउनु पर्छ भन्ने आशय गीतले ब्यक्त गरेको छ ।

सल्यानका बरिष्ठ संगितकार तथा गायक चेतन राईले निर्देशन गरेको गीतलाई बिजेश्वर तन्डुकारले संयोजन गरेका छन् । गीतको भिडियोमा सल्यानका सम्यम सिंह र मोडेल रक्षा सापकोटाले अभिनय गरेका छन् भने सहायक भूमिकामा प्रेमिका शर्मालाई देख्न सकिन्छ । गीतको प्रोजेक्ट म्यानेजर बिक्रम तामाङ हुन् भने श्रिङ्गगार दिया मिश्रको रहेको छ । काठमाडौमा छायाङ्कन गरिएको गीतको सहायक छायाङ्कन विशाल थापा हुन् भने छायाङ्कन र सम्पादनमा प्रमुख भुमिका फराज अर्पणको रहेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस